दिल्लीमा नीलको नयाँ शाखा



हेयर स्टाइलिस्ट नील डेबिड कटवालले शनिबार भारतको राजधानी नयाँ दिल्लीमा नील डेबिड हेयर एन्ड ब्युटी सैलुन सञ्चालनमा ल्याएका छन्। दक्षिण दिल्लीको लाजपतनगर–२ मा सञ्चालनमा आएको उक्त सैलुनमा नील डेबिडले उपस्थित अतिथि, सञ्चारकर्मी तथा प्रशंसकलाई कैंची र रेजरमा आफ्नो हातको पकड तथा कलात्मक शैलीबाट रोमाञ्चक बनाएका थिए।

त्यस अवसरमा नीलले विशेष रुपबाट तयार पारिएको हेयर स्टाइल सेसनमा नयाँ हेयर स्टाइल तथा ड्रेन्डहरुलाई प्रस्तुत गरे। उनले प्रस्तुत गरेको विशेष कलाले धेरैलाई अचम्ममा पार्यो, जहाँ उनले अभिनेतृ विपना थापाको केशलाई आकर्षक स्वरुप प्रदान गरेका थिए। नयाँ दिल्लीमा नील डेबिडको यो दोस्रो सैलुन हो। यसअघि दिल्लीको ग्रेटर कैलाशमा नीलको पहिलो सैलुन झण्डै तीन महिनादेखि सञ्चालनमा छ। उनको हेयर एन्ड ब्युटी सैलुनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरमा विस्तार भइसकेको छ भने भारतमा पनि ४ राज्य तथा १० शहरमा विभिन्न ५० शाखा सञ्चालनमा छन्।

‘यसप्रकारको नयाँ सैलुन खोल्ने हाम्रो उद्देश्य भनेकै कुनै पनि इच्छुक व्यक्तिसम्म सजिलै हाम्रो पहुँच पुर्याउनु तथा उसको लुक बदल्नु हो। हामी परम्परागत शैलीको स्टाइलिङ मात्र होइन विज्ञानमा आधारित स्टाइलिङ पनि प्रदान गर्छौं’ –उनले भने। नील डेबिड हेयर एन्ड ब्युटी सैलुन पहिलोपटक सन् २००६ मा काठमाडौंमा सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्