हाम्रो शरीरका हामीले नै थाहा नपाएका रोचक कुरा !

0
Shares

हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरुको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन। जस्तो युरोपका मानिस सेता हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन्। यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरु त अरु हामीले जुम्ल्याहालाई त चिन्छौँ भने अरुलाई नचिन्ने कुरै भएन। उसो भए हामीले धेरै कुरा मिल्दाजुल्दा भएका मानिसलाई विरलै झुक्किने भए पनि चिनिहाल्छौँ। आखिर हामीले कसरी मान्छेलाई चिन्छौँ त ?

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् ।
जुन व्यक्तिको आईक्यू स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ । धेरै सपना देख्नुको मतलब उसले आफ्नो सपना धेरै याद हुनु हो ।
पुरुषहरूको अनुहारमा रौं शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ ।

  • हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ ।
  • हामीले जिन्दगीभरि निकाल्ने –यालले दुईवटा स्विमिङ पूल भरिन्छ ।
  • हाम्रो हातको माझी औंलोको नङ अरू औंलाभन्दा छिट्टो बढ्छ ।
  • कानमा फोहर जमेको कसैलाई मन पर्दैन तर हाम्रो शरीरको रक्षाका लागि यो आवश्यक कुरा हो ।
  • पुरुषको तुलनामा महिलाहरूको मुटु बढी तीव्र गतिमा धड्किन्छ ।
  • धेर खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ ।
  • एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ ।
  • हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रंग चिन्न सक्छन् ।
  • सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयघातको खतरा सबभन्दा बढी हुन्छ । एक सर्वेक्षण अनुसार करीब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयघातका कारण भएको थियो ।
  • धेरजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् ।
  • महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६।८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।
  • बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयघात हुन्छ ।
  • चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् ।
  • जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् ।
  • हाम्रो आँखाको कोर्नियासम्म रगत पुग्दैन । त्यसैले कोर्नियाले अक्सिजन सिधै हावाबाट लिन्छ ।
  • हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।

एजेन्सी

Skip This