२७ वर्षपछि घर फिर्ता



सलिम अन्सारी, प्युठान । भनिन्छ मुगलान भासिएको छोरो एक न एकदिन घर फर्किन्छ। यहि भनाईलाई सार्थक तुल्लाउदै जिल्लाको सरसरुमारानी–३ हंसपुरका सोम बहादुर बिक बेपत्ता भएको २७ वर्षपछि घर फर्केका छन् ।उनी बाल्यकालमै मजदुरी गर्न भारत गएका थिए।

भारत पन्जावमा काम गरेका उनी ३९ वर्षको अधबैशे उमेरमा सोधखोज गर्दै मंगलवार गाउँ फर्किएका हुन् । घरमा आर्थिक स्थिती कमजोर भएका उनी १२ बर्षको उमेर देखि बेपत्ता भएका थिए। घर परिवारले खोजी नगरेको पनि होइन सबै लागिपरेर खोजे तर भेटिएन्न । उ बेला संचार र यातायातको सुविधा थिएन। घरमा कुनै चिठी र खबर आएन।

बर्षौ नभेटिएपछी परिवार र गाउंलेले आस नै मारिसकेका थिए। परिवार र छरछिमेकले आस मारिसकेको छोरो घर आउंदा परिवारका आँखामा हर्षका आँसु सहित छरछिमेकमा खुसौली छाएको छ । सोम बहादुरले मसिनो गरी हिन्दी लवजमा बोल्दै भने, जन्मथलो आएं ‘सबैसँग भेट भयो ।

खुसी लाग्यो ।’भारत पसेपछी काम गर्ने र उतैका साथिभाईसंग घुलमिल हुंदा घर बिर्सीएको उनले सुनाए। यस अघि पनि घर फर्कने धेरै कोसिस गरेंपनी भाडा नभएको कारण आउन नसकेको उनी बताउँछन। सुरुका तीन चार बर्ष त परिवार र घरको यादले साह्रै सतायो तर के गर्ने भाडा तिर्ने पैसा कमाउनै सकिएन । उनी भन्छन पछि बिस्तारै बिर्सदै गईएछ । त्यसपछी त २७ बर्ष बितेको थाहै भएन।

घर छोड्दा १२ बर्षका उनी फर्कदा ३९ बर्षका भएका छन। सोम बहादुरसँग नेपाली नागरिकता छैन । अहिले सम्म अबिबाहित रहेको उनले सुनाए। लामो सम्म घरबाट सम्पकबिहिन भएका उनी भारतको पन्जावमा बस्दै आएका थिए। उनलाई गाउँ आउदा बुढापाकाले मात्र चिन्न सकेका थिए। उनले पनि थोरै मात्र बुढापाकालाई चिन्न सकेको बताए।सोम बहादुर घर फर्केको थाह पाएपछी भेट्नका लागि गाउंले छिमेकी र आफन्तको घुईचो लागेको छ।

प्रतिक्रिया दिनुहोस्