तेजाब आक्रमण गर्ने पीडक पक्राउ



रौतहट, (नेस)
दुई किशोरीलाई तेजाब आक्रमण गर्ने एक युबक प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । तेजाब आक्रमणबाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक छिमेकी चन्द्रपुर–६ बस्ने रामबाबु पासवान पक्राउ परेका छन ।

गत भदौ २७ गते राती १२ बजे घरमै सुतिरहेकी जादोलाल दासको १८ बर्षिय छोरी सम्झना दास र १५ बर्षिय छोरीसुस्मिता दास लाई तेजाब प्रहार गरी घाईते बनाएको आरोपमा पासवान लाई पक्राउ गरिएको प्रहरी उपरिक्षक केदार ढकालले बताउनु भयो । पासवाल लाई जिल्ला अदालत गौरबाट ८ दिनको म्याद थप गरी हिरासतमा लिइएको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।

पासवान लाई प्रहरीले किर्तिपुर अस्पताल बाटनै पक्राउ गरेको जनाएको छ । घटनाको एक साता पछि पासवान पक्राउ परेका हुन । तेजाब आक्रमण बाट घाईते दुबै दिदी बहिनीको स्वास्थ्य सुधार हुदै गएको छ । स्थानीयले उनीहरुको उपचारको लागि चन्दा संकलन गरेर रकम उपलब्ध गराउदै आएका छन । उता चन्द्रपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालय गौरले उपचारार्थ रकम सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्