पहिरोपीडितलाई राहत वितरण



नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी चेताङका पहिरो पिडितहरुलाई प्रतिनिसिधसभाका सांसद हितबहादुर तामाङ र प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले राहात वितरण गरेका छन ।

पहिरोका कारण दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी स्थित चेताङ गाउँका ११ घर परिवारका विस्थापितहरुलाई राहात सामाग्री वितरण गरिएको हो । पीडितहरुलाई भाडा वर्तन, सिरक, डसना, तकियासहित ओड्ने ओछ्याउने सेट प्रदान गरिएको हो । त्यस्तै पीडितहरुलाई खाद्य सामग्री स्थानीय जनप्रतिनिधि प्रहरी र राजनितिक दलका प्रतिनिधीहरुको रोहवरमा वितरण गर्ने गरी एकमुष्ठ रुपमा हस्तान्तरण गरिएको छ ।

पितिडहरुलाई वितरणको लागि चामाल २ हजार केजी, दाल १ सय ५० केजी, तेल ७६ लिटर, नुन एकसय केजी सांसद हितबहादुर तामाङ र उपसभामुख राधिका तामाङले वितरण गरेका थिए । चिउरा ८० केजी, दालमोड, कपडा र भाँडाकुडा अन्य सहयोगीहरुबाट संकलन गएिको वितरण गरिएको टोलीका सदस्य डिवि तामाङले बताए ।

तर हेलिकप्टरको भार क्षमताका कारण सबै खाध्यन्न नसकिएकोले एयरपोर्टमै छाडिएको र केही समयपछि अन्य माध्यमबाट पठाउने उनले बताए । प्रभावित क्षेत्र अत्यन्तै दुर्गम भएको र बाढी पहिरोको कारण मोटर बाटोको असुविधाले गर्दा स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयबाट गरिने राहत र सेवा प्रवाहमा कठिनाई भइरहेकोले आफूहरुले तत्कालीन समस्या टार्न राहत वितरण गरेको सांसद हितबहादुर तामाङले बताउनुभयो ।

तिनिधिसभाका सांसद तामाङले बाटोको व्यवस्थापनका लागि गाउँपालिकासंग कुरा गरेकोे र पुनस्थापना र दिर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्