देह व्यापारमा लगाउने पाँच पक्राउ



नुवाकोट, (नेस)
तीन महिलालाई देहवयापारमा लगाएको आरोपमा सोमबार विदुर नगरपालिका भित्रका विभिन्न वडाबाट तीन महिलासहित पाँचजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा नं २ की २२ वर्षीया मञ्जु बस्नेत, धादिङको नेत्रावती गाउँपालिका वडा नं ३ की ४० वर्षीया सुवानी लामा, बिदुर नगरपालिका वडा नं १२ का २५ वर्षीय मदुसुधन रिमाल, बिदुर नगरपालिका वडा नं १२ कै २२ वर्षीय रमेश अर्याल र बिदुर नगरपालिका वडा नं ५ का ४० वर्षीय सुरेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए । पक्राउ परेकाविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

रोजगारीको खोजीमा रहेका १५,२१ र २६ वर्षका तीन महिलालाई आर्थिक प्रलोभन देखाई काममा लगाइदिने भन्दै पीडितहरुलाई देहव्यापारमा लगाइएको फेला परेपछि होटेल उनीहरुलाई पक्राउ गरिएको हो । पीडित महिलाले जिल्ला अदालत नुवाकोटमा पेश गर्दा बेश्याबृति गर्ने कार्यमा संलग्न गराएको भनि वयान दिएपछि पक्राउ परेकाहरुलाई हिराशतमा राखी वयान शुरु गरिएको प्रहरी प्रमुख कुवरले बताए । आर्थिक समस्यामा परेर घरायसी खर्च जुटाउन समस्या भएका पिडित महिलाहरुलाई रोजगारी दिने भन्दै देहव्यापारमा लगाएको पिडितहरुले बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्