झारफुक गर्न गएकी महिलाको आश्रममै मृत्यु



हेटौंडा, (नेस)
झारफुक गर्न हेटौंडा–१४, मयुरधापमा रहेको ओमबाबा आश्रम पुगेकी हेटौंडा–११ निवासी साबित्री पुडासैनीको मृत्यु भएको छ ।

बिसञ्चो भएका कारण झारफुक गर्न छोरीलाई लिएर विहान आश्रम पुगेकी पुडासैनी विहान १० बजे बेहोस भइन् । तर, उनको स्वास्थ्य उपचारका लागि अस्पताल नल्याइ ४ घण्टासम्म आश्रममै राखेर झारफुक गरेका कारण उनको मृत्यु भएको आफन्तको भनाइ छ ।

उनलाई दिउँसो सवा २ बजे हेटौंडाकोे चुरेहिल अस्पताल पु¥याउँदा उनको मृत्यु भइसकेको अस्पतालले पुष्टि गरेको छ । बेहोस भएको त्यत्तिका समय बित्दासमेत अस्पताल ल्याउन नदिएर झारफुक नै गरिरहेका कारण उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

आश्रमको विरोधमा आफन्त र स्थानीयले हेटौंडामा प्रदर्शन गरेका छन् । आफन्त र स्थानीयले प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए । प्रहरीले ओमबाबालाई पक्राउ नगरेको भन्दै पीडितले घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्