शिक्षाका लागि राष्ट्रिय अभियानको सोसल अडिट सम्पन्न



काठमाडौं,(नेस) । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । अभियान तथा कार्यहरु, संस्थागत संरचना, आर्थिक अवस्था, अध्ययन अनुसन्धानहरु आदि वारे प्रदर्शनी सहित सुरुवात गरिएको उक्त कार्यक्रममा कार्यक्रमिक तथा आर्थिक प्रगति प्रतिवेदन एनसिई नेपाल सचिवालयवाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले एनसिई नेपालले सुरुवात देखिनै सार्वजनिक शिक्षा सुदृढीकरणमा शिक्षा मन्त्रालयलाई महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

स्थानीय तह पुनसंरचना आयोगका अध्यक्ष वालानन्द पौडेलले एनसिई नेपालले समुदाय र नीतिनिर्माण तहलाई जोड्ने कार्य गरेको बताउदै सरकारले गरेका गलत कार्यहरुलाई समेत औँल्याउँदै आएको कुरा व्यक्त गर्नुभयो ।

सांसदद्धय सदस्य योगेश भट्टराई र गगन थापाले एनसिई नेपालले टेक्निकल रुपमा शिक्षा सम्वन्धी नीति नियमहरु वनाउन विभिन्न समयमा सांसदलाई सहयोग गरेको र समुदाय स्तरको आवाजलाई नीति निर्माण तहमा पु¥याउन अग्रगामी भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडाले एनसिई नेपालले गरेको क्षमता अभिवृद्धि कार्यक्रमहरु, अध्ययन तथा अनुसन्धानहरुले स्थानिय स्तरमा शिक्षा नीति तथा कार्यक्रमहरु वनाउन निकै सहयोग भएको कुरा व्यक्त गर्नुभयो । काठमाडाँै जिल्ला समन्वय समितिका उपाध्यक्ष सरिता दाहालले यस अभियानले अझ शिक्षा अभियानमा दृढ भएर लागिपर्न आफ्नो शुभकामना दिनुभयो ।

अपाङ्गता भएका वालवालिकाहरुका अधिकारका लागि कार्यरत संघसंस्थाहरुको तर्फवाट रमा ढकाल, युवाहरुको तर्फवाट सोनीका केसी, शिक्षकहरुका तर्फवाट जानुका नेपाल, विद्यालय व्यवस्थापन समितिका तर्फवाट कृष्ण थापा, सहकार्य गर्ने संघसंस्थाका तर्फवाट उर्मिला सिंखडा लगायतका सहभागीहरुले एनसिई नेपालले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै अभियानमा निरन्तर वकालतमा दृढ विश्वासका साथ लागिपर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्