एकै पटक एक सय ४१ प्रहरीको सरुवा



भक्तपुुर,(नेस) । कोटेश्वर र कांडाघारी प्रभागका सबै एक सय ४१ प्रहरीहरु परिवर्तन भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमवार दुवै प्रभागका सबै प्रहरी परिवर्तन गरेको हो । शनिवार बालुवा व्यापारीबाट रकम लिंदै गर्दा सात प्रहरी अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै एक सय ४१ प्रहरी परिवर्तन गरिएकाहुन् ।

आईतवार मात्र परिसरले ती दुवै प्रभागका प्रमुख परिवर्तन गरेको थियो । परिसरले बालुवा तस्करीमा अन्य प्रहरी कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै दुवै स्थानका सबै दर्जाका प्रहरी परिवर्तन गरी नयाँ ल्याएको हो ।

यता सोही प्रकरणमा दुई जना प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानोथिमि प्रभागका पनि सबै १९ जना प्रहरी परिवर्तन भएका छन् । प्रहरीका अनुसार, १५ जना पुरुष प्रहरी सोमवार परिवर्तन भईसकेका छन् भने भने बाँकी चार महिलालाई मंगलवार परिवर्तन गरिने बताइएको छ । सानोथिमिका असई र हवल्दार नगद सहित पक्राउ परेपछि उनीहरुलाई तानेर नयाँ पठाइएको हो ।

बुद्धचित्त सहितपक्राउ
यसैबीच भक्तपुर घलाटे बस्ने रोशन तामाङलाई बुद्धचित्तको गेडा २ सय ४० वटा सहित प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायकनगरपालिका–५ सुवर्ण चोकमा तामाङ सवार वा.८५प ३१५० नम्बरको स्कुटरलाई जाँचगर्दा उक्त वुद्धचित्तको गेडा बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्