कांग्रेसबाट को–को नेता गए चीन भ्रमणमा ?



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसहितका नेताहरू चीन गएका छन् ।

डा.रिजालको नेतृत्वको १४ सदस्यीय टोली बुधबार चीन गएको हो । यो टोली असोज २ गतेसम्म हुने बिभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको विदेश विभालाई निमन्त्रणा गरे बमोजिम सांसदहरू चीन गएको बताएका छन् । उनले भने ‘कांग्रेसको बिदेश विभागलाई निमन्त्रणा गरिएको रहेछ । त्यसैले सांसद सदस्यहरू पनि सोही निमन्त्रणको आधारमा गएका हुन ।’

टोलीमा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरू सरिता प्रसाईं, किशोरसिंह राठौर र लक्ष्मी परियार, सांसदहरू प्रकाश रसाइली, रामबहादुर विष्ट र देवप्रसाद तिमल्सेना, कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन, महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिना र कांग्रेसमा पहिचान नभएका लक्ष्मी क्षेत्री पाण्डे र गणेश मण्डल रहेका छन् ।

चीन जाने टोलीमा कृष्णप्रसाद सिटौला समूहका नपरेपछि त्यो गुटभित्र आतंक मच्चिएको छ । सिटौला आफ्ना सांसद र केन्द्रीय सदस्यहरूले चीन नलगेको भनेर सभापति शेरबहादुर देउवासँग रिसाएका छन् ।

प्रतिक्रिया दिनुहोस्