प्रदेश ५ मा सुरक्षा चुनौती बढी



महेश न्यौपाने, रोल्पा
आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ मा सुरक्षा चूनौती अन्य प्रदेशको तुलनामा वढ्ता रहेको वताएका छन । गृह जिल्ला रोल्पा आएका मन्त्री केसीले यहाँ आयोजित एक कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन ।

प्रदेश ५ मा अस्थीरता मच्चाउन खोज्ने तत्व अन्य प्रदेशको तुलनामा वढि मात्रामा सक्रिय रहेको मन्त्री केसीले वताए । एकातिर अस्थिरता मच्चाउने तत्वको गतिविधि वढिरहेको छ भने अर्को तर्फ प्रदेश राजधानीको विषयमा पनि सुरक्षा चूनौती छ मन्त्री केसीले भने । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्ला दिनमा वढाएको गतिविधि प्रति इंकित गर्दै मन्त्री केसीको यस्ता धारणा आएको वताइएको छ । प्रदेश राजधानी दाङ की वुटवल भन्ने विषयमा समेत प्रदेश विभाजित हुदा यस क्षेत्रमा सुरक्षा चूनौती थपिएको मन्त्री केसीको कथन थियो ।

सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रदेश ५ का सवै जिल्लामा सशस्त्र प्रहरी वलको गुल्म र कपिलवस्तुको चन्द्रौटामा वाहिनी राख्ने तयारी भईरहेको छ मन्त्री केसीले भने । प्रदेश ५ का १०९ वटै स्थानीय तहमा नेपाल प्रहरीको यूनिट समेत राखेर जनतालाई सुरक्षाको अनुभूती दिलाउने मन्त्री केसीको भनाई छ ।

कामकाजलाई सहज वनाउन सवै स्थानीय तहमा वैंक स्थापना गर्ने सरकारको लक्ष्य अनुसार काम भईरहे पनि सुरक्षाका कारण असहजता हुने देखिएकाले त्यस्ता स्थानमा समेत सुरक्षाको वन्दोवस्ती गरिन्छ मन्त्री केसीले भने । जनताको धनजनको सुरक्षा र अमनचयन कायम राख्न प्रदेश सरकारले काम गरिरहेको मन्त्री केसीको भनाई छ ।

एक अर्को प्रसङ्गमा मन्त्री केसीले करको वास्तविकता नवुझेरै अतिरञ्जित ढंगले गलत प्रचार गरिएको आरोप लगाए ।संघीयता असफल पार्ने मसलाको रुपमा विरोधिहरुले करको कुरा गरिरहेको मन्त्री केसीको भनाई छ ।

करलाई संघीयता विरोधि मसलाको रुपमा प्रयोग गर्न खोजिएको वताउदै यस वारे जनतालाई स्पष्ट पार्नु पर्ने मन्त्री केसीको भनाई छ । संघर्षपूर्ण वलिदानीवाट प्राप्त भएको संघीयता माथि नै प्रहार हुने गरि गतिविधि भईरहेको छ मन्त्री केसीले भने । संघीयताको मर्म अनुसार काम गरे संघीयता विरोधी निस्तेज हुन्छन मन्त्री केसीले भने । जनताको मन जित्ने गरि काम गर्न स्थानीय सरकारहरुलाई मन्त्रीको विशेष आग्रह थियो । करको वारे जनतालाई सत्य तथ्य जानकारी गराउनु पर्ने मन्त्री केसीको भनाई थियो ।

गणतन्त्रको शताव्दीऔं अनुभव गरेका देश समेत समस्यावाट मुक्त नभएको वताउदै नेपाल जस्तो शिसु गणतन्त्र भएको देशमा विरोधका साना तिना स्वर उठ्नु अस्वभाविक नभएको मन्त्री केसीको भनाई छ । संघीयता अभ्यासको निकै छोटो समय भएकाले यसको प्रतिफल भन्दा प्रकृयामा अल्झनु पर्दा जनताले शासन व्यवस्थाको अनुभूती गर्न पाएका छैनन मन्त्री केसीले भने ।

कर तिरेर के पायौं भन्ने जनताको प्रश्नलाई काम गरेर जवाफ नदिदा सम्म जनताको विश्वास प्राप्त गर्न नसकिने भएकाले यस तर्फ सचेत भएर काम गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्