ज्यापू समाजको अध्यक्षमा पूर्वसांसद



नेपाल समाचारपत्र, ललितपुर
तीन दशक भन्दा बढी समयदेखिको कांग्रेसको सक्रिय राजनीतिलाई थाती राख्दै पूर्व सांसद् चन्द्र महर्जन ज्यापू समाजको अध्यक्ष हुनुभएको छ ।
समाजको आईतबार राति सम्पन्न नवौं महाधिवेशन महर्जनलाई अध्यक्षमा निर्वाचित गरेको हो । समाज ललितपुुरका ज्यापू जातिहरुको बाहुल्य रहेको परम्परागत ४० टोलका ज्यापू जातिको साझा संगठन हो ।

ज्यापू जातिको समग्र उत्थान र नेवार समुदायको हकहितका मुद्दाहरुसंगै नेपाल भाषा, साहित्य र संस्कृतिको विकास गर्ने समाजको मुख्य उद्देश्य रहेको छ ।‘अब का“ग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिएर यही उद्देश्यमा प्रतिबद्ध लाग्ने छु । नवनिर्वाचित अध्यक्ष महर्जनले भन्नुभयो ।

आफ्नो व्यक्तिगत स्वार्थ वा दल विशेषको राजनीतिका लागि संगठनलाई सिढी बनाएको आरोप संगठनभित्र कतिपयलाई लाग्ने गरेको अवस्थामा सक्रिय राजनीतिलाई थाती राख्दै ज्यापू समाजको अध्यक्ष बन्नुलाई समाजको संस्थागत यात्रामा नौलो घटनाको रुपमा लिइएको छ ।

ज्यापू समाजको अध्यक्ष बन्नुलाई कतिपयले का“ग्रेसको राजनीतिमा असफल भएपछिको परिणतिको रुपमा लिने गरेकोलाई नर्कार्दै अध्यक्ष महर्जनले भन्नुभयो ‘ जीवनको विभिन्न मोडहरु हुन्छन् ।अध्यक्ष बन्नुलाई राजनीतिक सफलता र असफलतासंग जोडेर हेर्नु मिल्दैन ।’ अहिले ज्यापू जातिसंगै नेवार समुदायको हकहित र भाषा, संस्कृतिलाई जर्गेना गर्ने जिम्मेवारी आफ्नो का“धमा आईपरेको उहा“को भनाई रहेको छ ।

राजनीतिक सम्बन्ध, सम्पर्क प्रयोग गर्दै नेवार समुदायको संस्कृति, भाषा लगायत विविध सरोकारका विषयलाई स्थानीय तह, प्रदेश र सरकारबाट सम्बोधन गराउन सदैव अग्रसर हुने छु ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा महर्जन तत्कालीन ललितपुर नगरपालिकाका उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

महर्जन २०५१ सालमा भएको मध्यावधि निर्वाचन र २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा का“ग्रेसकोतर्फबाट ललितपुर क्षेत्र नं २ को उम्मेदवार हुनुहुन्थ्यो ।राजनीतिक जीवनमा अनेक उतारपछि अन्ततः २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा महर्जन निवार्चित हुनुभएको थियो ।

समाजको वरिष्ठ उपाध्यक्षमा सन्तमान महर्जन, प्रथम उपाध्यक्षमा सविना महर्जन, द्वितीय उपाध्यक्षमा मोहन व्यञ्जनकार, तृतीय उपाध्यक्षमा वीरबहादुर महर्जन र किरण डंगोल रहनुभएको छ । त्यसैगरी सचिवमा सरिता महर्जन, कोषाध्यक्षमा बाबुकृष्ण महर्जन,वरिष्ठ सहकोषाध्यक्षमा सुरेन्द्र महर्जन, प्रथम सहकोषाध्यक्षमा ससिता महर्जन, द्वितीय सहकोषाध्यक्षमा सुनील महर्जन र कृष्ण अवाले रहनुभएको छ ।

सदस्यहरु बाबुराजा ज्यापू, रमेश सिंह, सरिता अवाले, सजनी महर्जन, आशाराम महर्जन, नारायणबहादुर महर्जन,चक्रमान महर्जन, नरेश महर्जन, विष्णुहरि महर्जन, कविता सिं, शर्मिला महर्जन हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्