वाम बुद्धिजीवीको आह्वान–फासीवाद नाङ्गो रुपमा आयो



काठमाडौ(नेस) । वामपन्थी बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरुले दक्षिण एसियामा फासीवाद नाङ्गो रुपमा देखिएको भन्दै त्यस विरुद्ध एक जुटहुनु पर्ने अवस्था आएको बताएका छन् ।

नागरिक अधिकारको आवाज उठाउँदै आएको भारतीय नागरिक सामाजिक अभियान्तहरुको गिरफ्तारी तथा नजरबन्दको उन्ीहरुले विरोध गरेका छन् ।
‘साम्राज्यवाद विरोधी मोर्चा’ ले आयोजना गरेको कार्यक्रममा बोल्दै वाम वुद्धिजीवी तथा विश्लेषक हरी रोकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेदेखि फासीवाद संस्थागत भएर नाङ्गो रुपमा आएको बताउनुभयो । बबरा राव, नवलखा गौतम, सुधा भारद्वाजलगायतका सामाजिक अभियान्ताहरुको गिरफ्तारी गरेर आफ्नो कमजोरी लुकाउने र आउँदो चुनावी नारा तय गर्न लागेको बताउँदै रोकाले मोदी निर्वाचित तानाशाह भएको बताउनुभयो ।

मोर्चाका संयोजक नरेन्द्रजंग पीटरले दक्षिण एसियाका देशहरुमा धर्म र राजनीतिक पूर्वाग्रहलाई अधार बनाएर फासीवाद बढेको बताउनुभयो । ‘अरुको लागि नबोले आफ्नो लागि कोही बोल्दैन’ भन्दै संयोजक पिटरले नक्सलीको आरोपमा भारतमा सामाजिक अभियान्ताको गिरफ्तारीको विरोध गर्नुपर्ने बताउनुभयो ।

भुटानी शणार्थी नेता एनबी गिरीले भारतीय फासिवादकै कारण आफूहरु भूटानबाट लखेटिएको बताउनुभयो । इन्दिरा गान्धी र राजिव गान्धीकै योजनामा भुटानी राजाले नेपाली भाषीमाथि देशद्रोहका आरोप लगाउँदै दमन गरेको बताउनुभयो ।

कवि तथा वामपन्थी अभियान्ता निभा शाहले भारतीय वाम बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरुले नेपालका गणतन्त्र ल्याउँन ठूलो सहयोग गरेको बताउनुभयो ।

नेपालमा गणतन्त्र ल्याउँदा सहयोग गरेको सामाजिक अभियान्ताहरुलाई गिरफ्तार गर्दा तत्कालि माओवादीले चुप लागेको देख्दा आफूलाई खिन्नता लागेको बताउनुभयो ।

वरिष्ठ पत्रकार तथा वाम बुद्धिजीवी तुल्सीदास महर्जनले पुजिवाद आएको संकटलाई टार्न फासिवादलाई अगाडि ल्याइएको बताउनुभयो । फासिवादले आफैले बनाएका कानुन नमान्ने भन्दै महर्जनले भारतीय सामाजिक अभियान्त तथा वाम बुद्धिजीवीमाथिको दमन त्यसैको परिणाम भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्