दक्षिणी सुडानमा खटिएका नेपाली सैनिक माथि आक्रमण



काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको अनुरोधमा दक्षिणी सुडानमा खटिएका एक नेपाली सैनिक माथि आक्रमण भएको छ । दक्षिणी सुडानको यही प्रान्तमा भएको आक्रमणमा परि घाईते भएका नेपाली सैनिकको परिचय खुलाइएको छैन ।

ब्यारेकको लागि पानी लिन ट्याङ्कर सहित गएका ति नेपाली सैनिकलाई विद्रोहीले बाटो छेकेर आक्रमण गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विद्रोहीको आक्रमणमा परि घाईते भएका सैनिकको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । नेपाली सैनिक घाइते भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्