क्ब्होलासोथारलाई विश्व सम्पादा सूचीमा राख्न माग



नेपाल समाचारपत्र, लमजुङ
लमजुङ स्थित गुरुङहरूको उद्गमाथलो क्ब्होलासोथारलाई विश्व सम्पादा सूचिमा राख्न माग गरिएको छे । क्ब्होलासोथार गाउँपालिका र तमु प्लेहु संघ लमजुङले संयुक्त रूपमा बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो माग गरेका हुन ।

क्ब्होलासोथारको प्रचारका लागि तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङको नेतृत्वमा ६ दिने पदयात्रा गरिने भएको छ । सो पदयात्रा असोज १ गते बेसीसशहरबाट थालिने भएको तमु प्लेहु संघ लमजुङका जिल्ला सचिव मनमाया गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पदयात्रा २० देखि २५ जनाको टोली जाने भएको छ ।

तमु प्लेहु संघ लमजुङका जिल्ला अध्यक्ष कप्तान मिलबहादुर गुरुङले क्ब्होलासोथारको महत्वमा प्रकाश पार्दै लुम्बिनी बुद्धको जन्म थलो भएजस्तै क्ब्होलासोथार गुरुङ जातिको जन्म थलो हो भन्नुभयो । उहाँले भन्नुभयो, ‘उक्त थलोलाई विश्वसम्पदा सूचिमा सूचिकृत भएमा विश्वभर छरिएर रहेका गुरुङमात्र नभई अन्य जाति पनि सो स्थान हेर्न त्यसको महत्व जान्न आउने छन् जसले गर्दा त्यसक्षेत्र खोज अनुसन्धान र संरक्षण तथा प्रवद्र्धनमा टेवा गुग्ने विश्वास गएिको छ ।’

सो पदयात्रामा लागि क्ब्होलासोथार गाउँपालिकाकाले चालु आवमा तीनलाख रुपैयाँको बजेट विनियोजन गरेको सो गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताउनु भयो । उहाँले भन्नुभयो आउँदा वर्षमा बजेटको थप व्यवस्था गरी सो क्षेत्रमा जाने पदमार्गलाई व्यवस्थित गर्ने र प्रर्यटन प्रवद्र्धनमा सहयोग गर्ने नीति गाउँपालिकाकाले लिएको छ ।

यसरी विश्वभरका गुरुङहरू र अन्य अनुसन्धानकर्ता लाई यस क्षेत्रमा ल्याउन सकेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्दा सिंगै गाउँपालिका क्षेत्रको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने विश्वास गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्