‘पटकपटक सरकारमा जानु गल्ती’



काभ्रे, (नेस)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी पटक पटक सरकारमा जानु गल्ति भएको बताउँदै कार्यकर्ताहरु बीच आत्माआलोचना गरेका छन् ।

‘अब सरकारमा जाने बेलामा ४ पटक सोचेर मात्र जान्छौ’–अध्यक्ष थापाले भने–‘पटक पटक सरकारमा गएका कारण पार्टी प्रति नकारात्मक भ्रम फैलिएको, चुनावको मुखमा पार्टी फुटेको, विगतमा पार्टीको जनसंगठनलाई गति दिन नसकेको र कार्यकर्तालाई पार्टीको उदेश्य बुझाउन सकिएन र अनपेक्षित रुपमा निरासाजनक परिणाम प्राप्त भयो ।’ राप्रपा जिल्ला कार्य समितिको अगुवा कार्यकर्ता भेलामा उक्त कुरा बताएका हुन् । ‘एउटा चुनाबको मात्र परिणाम हेर्न हुँदैन’–थापाले भने–‘यो चुनावको परिणामबाट कार्यकर्ता निरास विचलित र विचलन हुनु हुँदैन ।

राप्रपा भनेको रक्त बिज हो, त्यसैले आगामी चुनावसम्म ५ लाख सक्रिय कार्यकर्ता बनाउनु पर्छ ।’ थापाले तत्कालीन माओवादीलाई ईंगिंत गर्र्दे एमाले सगं मिल्नु थियो त १० बर्षे जनयुद्ध किन गरेको ? १७ हजार नेपाली किन मारेको त्यसको ओचित्य प्रश्ट पार्न अनुरोध गरे ।

‘जसले गणतन्त्र, धर्म निरपेक्षता, र सघिंयताको पुष्टि गर्न सकेका छैनन् तिनीहरुले नै त्यसको परिर्वतनको जिम्मा पाए’– अध्यक्ष थापाले भने–‘तिन वटा सरकार भए पछि सिंदरबार गाउँ गाँउ भनेकोमा ठिक उल्टो भएको छ ।’ अहिले सिंहदरबारको भ्रष्ट्राचार गाउँ गाँउ पुगेको बताउँदै थापाले संघियता कानुनी र बैधानीक रुपमा मात्र स्थापित भए पनि जनताको भावनामा घृणा भईसकेको भन्दै आलोचना गरे ।

सबै दलले बेलेमै विगतका गल्ति त्रुटि सच्याउनु पर्छ, नत्र जनताको धैर्यता टुट्न सक्ने बताउँदै थापाले अहिले यो ब्यबस्थामा कुनै पार्टिको पनि दोष नभएको भन्दै स्पष्ट पारे । हिन्दु धर्म र बौद्ध धर्म अल्पमतमा पर्ने ठोकुवा गर्दै थापाले समान विचार मिल्ने सगं छिट्टै पार्टी एकता हुने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्