मनाङको फापर विदेशमा



नेपाल समाचारपत्र, मनाङ
मनाङमा उत्पादन हुने फापर स्वदेशमा मात्रै नभैइ बिदेशमा समेत पुग्न थालेको छ । मनाङ वासीहरु काठमान्डौ, पोखरा मात्रै नभइकन अमेरीका जापन, कोरीय, अस्टेलीय,हंकङ थाईल्यन्ड लगयतका ठाउँमा बसोवास गर्दै आएका छन् । बिदेशमा वस्नेहरुले यहाँ बाट फापरको परीकारहरु निर्यात गर्ने गरेको स्थानीय भुजुङ गुरुङले बताउनु भयो ।

यस जिल्लामा रहेका चार वटै गाउँपालीकामा यसको खेती गरीदै आएको छ । होटल व्यवसायी किसान दुवैले यसको खेती गर्दै आएको पाईन्छ । मनाङको नासाें गाउँपालीका , चामे, र निस्याङ गाउँपालीकामा यसको खेती निरन्तर रहेको छ । नार्पाभुमि गाउन्पालीकामा आजभोली कम मात्रमा फापर खेती गरेको पाइन्छ ।

निस्याङ गाउँपालीकाका सवै गाउँ वरिपरी रहेको फाँट बारीहरु राताम्मै भएको छ । स्वास्थ्यका लागि फाइदाजनक मानिने फापर यहाँका मानिसहरुले विभिन्न परिकार बनाएर खाने गर्छन ।

७३ वर्षका यङदुङ गुरुङका अनुसार फापरका परिकार खानाले मानिसलाई स्वस्थ राख्न मदत गर्छ । फापरको पिठो मात्रै नभएर हरियो साग, सातु, रोटी, ढिँडो लगायतका खाद्यबस्तु बनाएर खान सकिन्छ ।

त्यस्तै मनाङ गाउँका होटल व्यावसायी टसी आर घलेका अनुसार फापर वाट घैरै परीकारहरु निर्माण हुने बताउनु हुन्छ । उहाँको अनुसार ( फापरको सलाद, दाल, फापरको सुप लगायत, ढिडो,रोटी जस्ता भिन्न, भिन्न परीकारहरु बनाउन सकिन्छ ।

गत वर्ष दुई सय ८६ हेक्टर जमिनमा गरीएकोमा यस खेती वाट पाँच सय दुई टन उत्पादन भएको अहिले यसको उत्पादन बढ्ने जिल्ला कृर्षी कार्यलय मनाङले जनाएको छ । फापरको परीकार नेपालमा मत्रै नभैइकना बिदेशमा समेत निर्यात हुनेगरेको स्थानीयहरुको भनाई रहेको छ ।

मनाङको मुख्यवालीको रुपमा मानिने फापर खेती अहिले ढकमक्क फुलेको छ । फुलबारी जस्तै देखिने फापर खेती यति बेला मनाङमा पर्यटकको मुख्य आकर्षण हो । बारी भरी फापर करु गहँ लगयतका अन्नवालीहरु लहलह झुलि रहेका छन् । यहाँका मानिसको मुख्य पेसा कृर्षि, पशुपालन र होटल व्यवसाय हो ।

वर्षको एक पटक मात्र खेतीपाती गरीने यस ठाउँमा फापरको अर्गानिक परीकार पर्यटकहरुको मुख्य रोजाइमा पर्ने गरेको छ । यहाँका होटलहरुमा फापरका परीकारको माग बढ्दै गएको पर्यटन व्यवसायी ओंङमा घले गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्