गुठी निर्माणमा निःशुल्क जग्गा, सेनाको श्रमदान



मोतीराम तिमल्सिना, काभ्रे
दाताहरुले उपलब्ध गराएको जग्गा र नेपाली सेनाले उपलब्ध गराएको जनश्रमदानबाट निर्मित जनकल्याण सामाजिक गुठीले आफ्नै भवन निर्माण गरेको छ । भवन निर्माणका लागि गुठीमा संलग्न ब्यक्तिहरुले रकम उपलब्ध गराएका थिए ।

बनेपा नगरपालिका ७ उग्रतिर्थमा निर्माण भएको भवनका लागि गुठीयारहरु निरप्रसाद घिमीरे, खेतराज सिटौला तथा स्वर्गिय त्रिलोचन शर्मा र गुठाीका शुभचिन्तक सुवर्णदाश श्रेष्ठको संयुक्त नाममा रहेको ६ आना जग्गा दान गरेका थिए । गुठीका सदस्यहरुले साढे ३ अना जग्गा खरिद गरी जममा भएको ९ आना जग्गामा उक्त भवन निर्माण गरिएको अध्यक्ष बद्रीप्रसाद शर्मा तिमल्सिनाले बताए ।

‘विभिन्न स्थानबाट गोदामचोक क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको समुह गठन भई गुठीको रुप ग्रहण ग¥यो’–पुर्व अध्यक्ष रघुनाथ घिमीरेले भने । ‘प्रत्येक परिवार र आफन्तले आफ्नो सदस्य गुमाउँदाको पीडा भुल्न नसकिने हुँदा हुँदै गर्नु पर्ने काजक्रियाका लागि स्थान अभाव हुँदा अर्काे समस्या देखियो’–अध्यक्ष शर्माले भने–‘मृत्यु पश्चात गरिने दशक्रियाका लागि भवन आवश्यकता महसुस गरी बहुउदेश्यिय भवन निर्माण गरिएको हो ।’

७९ घर परिवारका ४ सय ६० जना सदस्य रहेको उक्त गुठीले रकम संकलन र नियमितताका लागि सहकारी समेत संचालन गरेको छ । सामाजिक बचत तथा ऋण सहकारीका रुपमा सहकारीले सदस्यहरु भित्र कारोवा गर्ने छ र गुठीयारहरुको विपदमा सहकारीकै कोषबाट सहयोग उपलब्ध गराउने छ ।

५८ लाख २८ हजार लागन अनुमान गरिएको उक्त गुठी निर्माणका लागि नेपाली सेनाको विष्णु दल गणको जनश्रमदानले ५३ लाख ९९ हजार रुपैया खर्च भएको छ । भवन निर्माण कार्यलाई सम्पन्न गर्न अझै गुठीयारहरुलाई १० लाख रकम अपुग भएको सचिव शिवप्रसाद न्यौपानेले बताए ।

कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेपाली सेनाका कर्णेल रामहरी केसी, विष्णु दल गणका सेनानी विनोद पाठक, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, सहकारी अभियान्ता मुकुन्द दाहाल र उदयराम कायश्थ, पुर्व अध्यक्षहरु कुलप्रसाद तिमल्सिना, रघुनाथ घिमीरे, राजकुमार हुमागाई र गणेशप्रसाद घिमीरे, गुठीयार माधवमणी हुमागाई, संस्थाका सचिव शिवप्रसाद न्यौपाने लगायतले गुठी स्थापनाको उदेश्य, अवस्था र त्यसले दिनु पर्ने सेवाका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा गुठीलाई निशुल्क जग्गा प्रदान गर्ने निरप्रसाद घिमीरे, खेतराज सिटौला तथा स्वर्गिय त्रिलोचन शर्माका परिवार र गुठाीका शुभचिन्तक सुवर्णदाश श्रेष्ठलाई सम्मान गरिएको थियो । साथै जनश्रमदान गर्ने नेपाली सेनाको विष्णु दल गण, गणका गणपति रामहरी केसी, सुवास खड्का र सेनानी विनोद पाठकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्