बाहिरी चक्रपथप्रति प्रधानमन्त्रीको चासो



नेपाल समाचारपत्र, ललितपुर
बाहिरी चक्रपथले ललितपुरको ऐतिहासिक सम्पदा र मौलिक बस्तीलाई प्रतिकूल असर पु¥याउन नहुने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ ।

ज्यापू समाज यलको रजत जयन्ती एवं नवौं महाधिवेशनमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले सो ध्यानाकर्षण गराउनुभएको हो । राष्ट्रिय गौरवको आयोजना र विभिन्न विकासको नाउ“मा लिच्छिविकालीन, मल्लकालीन बस्ती र सभ्यताहरु क्षतिग्रस्त हुनेमा स्थानीयले विरोध गर्दै आएको पृष्ठभूमीमा सो विषय उठान गरिएको थियो ।

सो महाधिवेशनको उद्घाटन गर्न आउनुभएका प्रधानमन्त्री ओली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल समेतको ध्यानाकर्षण गर्दै नेतृ भुसालले भन्नुभयो ‘प्राचीन बस्तीको मौलिकतालाई खलल पु¥याउने हिसाबले बाहिरी चक्रपथ बनाउनु हु“दैन । आवश्यकता परे नक्सा फेर्नुपर्दछ ।’

‘खोकना, बुंगमती, हरिसिद्धि, ठैब, बा“डेगाउ“, चापागा“उ जस्ता सांस्कृतिक बस्तीको मौलिकता र सभ्यतामा आ“च आउन दिन नहुनेमा नेतृ भुसाले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले ललितपुरलाई सांस्कृतिक क्ष्ँेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दि“दै आफूले अघि सारेको सुखी नेपाली र समृद्ध नेपालका ललितपुरले संस्कृति, पर्यटनको माध्यमबाट योगदान दिनसक्ने बताउनुभयो । उहा“ले कला, संस्कृति, सभ्यताको जर्गेनासंगै शिक्षा, स्वास्थ्य र आर्थिक विकासमा लाग्न आग्रह गर्नुभयो ।

ललितपुरको कला, संस्कृति र सम्पदाले विश्वमा नै नेपालको शिर उ“चो बनाउने धेरै योगदान दिएको पनि प्रधानमन्त्री ओलीका भनाई रहेको छ ।
सो अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कला, संस्कृति, सम्पदाको अतिक्रमण हुनबाट बचाउन प्रदेश सरकार लागीपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगर प्रमुख चिरिबाबु महर्जनले सम्पदाको पुनःनिर्माणमा सार्वजनिक खरिद ऐन बाधक रहेको उल्लेख गर्दै ऐन संशोधनका लागि पहल गरिदिन प्रधानमन्त्री ओली, सांसदसमक्ष आग्रह गर्नुभयो ।

सो अवसरमा समाजका अध्यक्ष प्रेम महर्जन, वरिष्ठ उपाध्यक्ष चन्द्र महर्जन, प्रथम उपाध्यक्ष सन्तमान महर्जन, द्वितीय उपाध्यक्ष सविना महर्जन लगायतले भाषा, संस्कृति र सम्पदाको संरक्षणमा तीन तहकै सरकारले विशेष प्राथमिकता दिनुपर्ने भनाइ राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्