सुपमा मुसाको कारण करोडौ डलर घाटा

0
Shares

बेइजिंग,(एजेन्सी)
सुपमा मरेको मुसा भेटिएपछि चीनको अत्यन्तै लोकप्रिय एउटा चेन रेस्टुरेन्टलाई ठूलो दशा लागेको छ । हटपट रेस्टुरेन्ट सियावु सियावुमा खान आएकी एक गर्भवती महिलाले आफुलाई सर्भ गरिएको सुपमा मुसा भेटाएको कारण सो रेस्टुरेन्टले १९ करोड अमेरिकी डलर वरावरको बजार मुल्य गुमाउन पुगेको विहिवार आधिकारिक सरकारी समाचार निकाय सिन्हवाले जनाएको छ ।

सो रेस्टुरेन्टको सेयर बजार मुल्य वर्षकै सबैभन्दा न्युन स्तरमा झरेको छ । सुप वाउलबाट चपस्टिकबाट मरेको मुसा निकालिएको तस्वीर र भिडियो सामाजिक संजाल वेइवोमा व्यापक भाइरल हुन पुगेको थियो ।
सियावु सियावुको सान्डोंग प्रान्त स्थित सो घटना घटेको आउटलेट अहिले बन्द गरिएको छ । सो आउटलेटले ति गर्भवती महिला ग्राहकलाई क्षतिपुर्ति स्वरुप सात सय उनान्तीस डलर दिएको बताइएको छ ।

स्थानिय न्युज आउटलेट कान्कान न्युजका अनुसार ति महिलाका पति माले सबैभन्दा पहिले आफ्नी पत्नीको सम्पुर्ण स्वास्थ परिक्षण गराउने र त्यसपछि मात्र क्षतिपुर्ति लिनेबारे निर्णय गर्ने बताएका छन् ।

गत ६ सेप्टेम्वरमा परिवार सहित रेस्टुरेन्टमा खान पुगेकी ति महिलाले केहि खाना खाइसकेपछि मात्र खानामा मुसा देखेको पनि बताइएको छ । माले रेस्टुरेन्टकै एकजना कर्मचारीले यदि पेटका ेबच्चाको स्वास्थकोबारेमा चिन्ता लागेको खण्डमा गर्भपतन गराउन सल्लाह दिँदै आफुलाई २ हजार युआन सहयोग गर्ने प्रस्ताव राखेको पनि बताएका छन् ।

Skip This