नायिका सामराज्ञी लक्ष्मी झापा आउँदै



झापा (नेस) । चर्चीत नायिका सामराज्ञी राज्य लक्ष्मी शाह झापा आउने भएकी छिन् ।

एजुकेशन एण्ड माइग्रेसन कर्नरको आयोजनामा हुने गाइरहेको एजुकेशनल सेमिनारमा सहभागी हुन शाह भापा आउन लागेकी हुन् ।

शाह एजुकेशन एण्ड माइग्रेशन कर्नरकी ब्राण्ड एम्बेष्टर समेत रहेकी छिन् । उनी आगामी भदौ १६ गते बिर्तामोडको होटल होलिडे होममा हुने सेमिनारमा सहभागी हुने एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेतीले जानकारी दिनुभयो ।

सेमिनारमा अष्ट्ेलिया, युरोप, जापान लगायतका देशमा उच्च शिक्षाका लागि जान चाहाने नेपाली बिद्यार्थीहरुलाई परामर्श दिइने छ ।

कार्यक्रममा बिभिन्न एजुकेशनल गेम्स पनि रहने बताइएको छ । सेमिनारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्