नेहा बिहेअघि नै गर्भवती रहेको पुष्टि


३ महिनाअघि विवाह बन्धनमा बाँधिएकी बलिउड नायिका नेहा धुपिया बिहेअघि नै गर्भवती रहेको पुष्टि भएको छ।

उनी आपैmंले ट्विटर अकाउन्टबाट आफ्नो बेबी बम देखिने फोटो सेयर गर्दै यसको पुष्टि गरेकी हुन्। अंगद वेदीका साथ हतार–हतार गरिएको विवाहदेखि आम मानिस मात्र होइन बलिउडकै कलाकारपनि अचम्म परेका थिए। यसबाट मानिसले विभिन्न आशंका व्यक्त गर्दै आएका थिए। उनी विवाहअघि नै गर्भवती भएका कारण हतार–हतारमा विवाह गरेका भन्ने चर्चा बलिउडमा चलेको थियो।

यो हल्ला निकै बढ्दै गएपछि अंगद तथा उनीहरूको परिवारले सो समाचार साँचो नभएको र मानिसलाई कुरा काट्ने मौका मात्र मिलेको बताउँदै आएका थिए। तर नेहाले हालै ट्विटरमा राखेको फोटो सेयर गर्दै अंगदले ‘हो यो हल्ला सही थियो’ भन्ने क्याप्सन राखेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।