गर्मीले जनजीवन प्रभावित



वीरगन्ज
मध्य तराईका जिल्लामा बिगत केही दिनदेखिको अत्याधिक गर्मी बढेपछि जनजीवन पप्रभावित भएको छ ।
पर्सा सहित मध्य तराईको जनजीवन गर्मीका कारण हायलकायल भएको हो ।

पर्साको सदरमुकाम वीरगन्ज, बाराको सदरमुकाम कलैया,रौतहटको सदरमुकाम गौर,सर्लाहीको सदरमुकाम मलंगवा लगायतका मुख्य बजारमा सर्वसाधरण दैनिकको कष्टकर बनेको हो । अस्पतालहरुमा बिरामीहरुको संख्या बढेको छ ।एक सातायता पानी कम परेकोले निकै गर्मी महसुस भएको छ । वीरगन्जमा रिक्सा चालाउँदै आएका वीरगन्जका एक रिक्सा चालक सुरेश साहले एक सातादेखि निकै गर्मी महसुस भएको बताए ।

गर्मीले बालबालिकासँगै वृद्धवृद्धा, रिक्साठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू बढी प्रताडित छन् । बिहीबार यहाँको अधिकतम तापक्रम ४०.५ डिग्री मापन गरिएको छ भने न्युनतम तापक्रम २७ डिग्री छ । बिहीबारको तापक्रम दुई महिना यताकै उच्च रहेको वीरगन्ज रानीघाटस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा रहेको अटोमेटिक वेदर स्टेशनका अभ्जर्भर कामेश्वर राउत कम्कडले बताए । उनले भने ‘पानी नपरेकोले पनि होला बैशाख जेठको जस्तै गर्मी छ ।

वेदर स्टेशनको रेकर्डअनुसार एक सातामा तीन दिनमात्रै पानी परेको छ । गर्मीका कारण आफूहरुले लगाएको बानबाली समेत सुक्न थालेपछि कृषकशरु समेत मारमा परेका छन् । बर्षा प्रर्याप्त नभएका कारण धानबाली सुक्न थालेको पर्साको जगरनाथपुरका स्थानीय कृषक रामबालक राय यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्