विधेयकका प्रावधानप्रति नेफेजको आपत्ति



काठमाडौं, (नेस)
नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४ र हालै संसदमा प्रस्तुत गरिएको गोपनीयताको हकसम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी अभिसन्धि र नेपालले हस्ताक्षर गरेका अन्य सन्धि, सम्झौताका मर्मविपरीत प्रेस स्वतन्त्रतालाई सीमित गर्ने कुनै पनि कानून र नीति स्वीकार्य नहुने नेफेजले जनाएको छ ।
विहीवार एक विज्ञप्ती जारी गर्दै अपराध संहिताका दफा २९३, २९४, २९५ र ३०६ का प्रावधानले प्रेस स्वतन्त्रतामा गम्भीर असर गर्ने भएकाले तत्काल सच्याउन आग्रह सो संस्थाले आग्रह गरेको छ । नेफेज अध्यक्ष अर्जुन ढकालद्दारा जारी विज्ञप्तीमा भनिएको छ–‘उक्त बुुँदा संशोधनका लागि सरकारलाई दबाब दिने नेपाल पत्रकार महासंघले गरेको निर्णयप्रति ऐक्यवद्धता जनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्