फेसबुकले साढे ६ सय ‘फेक’ अकाउन्ट हटायो



एजेन्सी । फेसबुकले रुस र इरानसंग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाएको छ । भ्रामक राजनीतिक गतिविधिमा लिप्त भएको आरोपमा फेसबुकले सयौँ अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको हो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावलाई प्रभावित गर्नका लागि रुसी एजेन्टहरुद्वारा फेसबुकको प्लेटफर्ममा अभियान चलाएको खुलासा भएसँगै फेसबुकले आफ्नो नीतिलाई मजबुत गर्ने कार्यमा जुटेको थियो । फेसबुकसँगै अन्य सोसल मिडियाहरुले पनि पछिल्लो समयमा भ्रामक राजनीतिक अभियानको विरुद्धमा सख्त कदम अघि बढाइरहेका छन् ।

भ्रामक राजनीतिक गतिविधि चलाउने अकाउन्टहरुमा रहेका सामाग्रीहरुको समीक्षा अझै पूरा नभएको भन्दै फेसबुकले यस विषयको सूचना अमेरिका तथा बेलायत सरकारलाई दिएको बताइएको छ । फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग गर्ने कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्