बिचल्लीमा परेका बालबालिकालाई आर्थिक सहयोग



 

नेपाल समाचारपत्र, बाजुरा
बुढिगंगा नगरपालिका १० का साहारा बिहिन वालकलाई राहत संकलन भएको छ । मंगल नेपालिका दुई छोरा १२ बर्षिय छोरा अनिल नेपाली र १० बर्षका छोरा अरुण नेपाली साहारा बिहिन बनेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि राहत संकलन भएको छ ।

बिच्चलीको समचार प्रकाशित भएपछि नेपाल निजामति कर्मचारी संगठनले आर्थिक रकम संकलन गरि पिडित बालवालिकालाई हस्तान्तरण गरेका छन् ।

संगठनले संकलन गरेको ८५ हजार २ सय १५ रकम प्रमुख जिल्ला अधिकारी चेतराज बराल मार्फत बच्चालाई चेक हस्तान्तरण गरेको छ । वडा नम्बर १० अध्यक्ष धर्मराज जैशीको रोहबरमा पिडित वालवालिकालाई हस्तान्तरण गरेको नेपाल निजामति कर्मचारी संगठनका सदस्य महादेब पन्तले वताएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनले बिच्चली भएको समचार प्रकाशित पछि आर्थिक संकलन अभियान कर्मचारी र ब्यापारी बाट गरेको थियो । संकलित रकम ति वालकहरुको पढाई खर्चमा खर्च गर्ने वडा अध्यक्ष धर्मराज जैशीले वताए । रकम बैकमा जम्मा गराईदिने उनले वताए ।

५ बर्ष पहिले ति नावालक आमा किडि नेपालिको बच्चा पाँउन नसकेर मृत्यु भएको थियो । आमाको मृत्यु भएपछि बुवा मंगलले अर्को बिहे गरेर भारत तिर गएपछि बेशाहारा बनेका हुन् । ति दुई नावालक बच्चा अहिले बुढी बजै ७० बर्षिय इन्द्रा नेपालिका भरमा छन् । मंगलले अर्को बिहे गरेपछि भारतमा कहाँ बस्छन्, कुनै सम्पर्क छैन्, उसका बच्चाहरु बेसाहारा बनेका छन्, पहिला त बिद्यालय जाने गरेका थिए अहिले बिद्यालय छोडेर पेट पाल्नका लागि अरुका काम गर्ने गरेको स्थानियले वताएका छन् ।

सरकारले दिने बृद्धभत्ताले यि दुई नातिहरुलाई पाल्ने गरेको थिए । त्यो पैशाले केही राहत हुने गरेको छ, बाकि भने अरुलाई मागेर पाल्ने गरेको थिए । आफु पनि बिरामीले थलिएपछि अहिले तिनिहरुलाई पाल्न निकै समस्या भएको इन्द्रा नेपालिले वताईन् ।

 

प्रतिक्रिया दिनुहोस्