स्कारलेट सर्वाधिक कमाइ गर्ने महिला



हलिउड अभिनेतृ स्कारलेट जोनसोन विश्वकै सबैभन्दा बढी कमाइ गर्ने महिला सावित भएकी छिन्।
फोब्र्स पत्रिकाका अनुसार ३३ वर्षीया अभिनेतृले सन् २०१७ जुनदेखि २०१८ जुनसम्ममा ४.०५ करोड डलर रुपियाँ कमाएकी छन्। जुन उनको अघिल्लो वर्षको कमाइको तुलनामा ४ गुणा बढी हो।

उनले यस वर्षका चर्चित फिल्म एभेन्जर्स ः इन्फिनिटी वारमा समेत काम गरेकी छिन्। कमाइको मामलामा अभिनेतृ एन्जेलिना जोलीलाई पछाडि पार्दै उनले यो उपाधि हात पारेकी हुन्। एन्जेलिनाको यस वर्षको कमाइ भने २.८ करोड डलर रहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्