जातीय पहिचान जोगाउन थारुहरु एकजुट हुन आवश्यक



थाकस शिवराज इकाई समितिमा जगतदेव

सीताराम चौधरी, कपिलवलस्तु ।
थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष जंजीर प्रसाद थारुले थारुहरुको जातीय पहिचान संरक्षणका लागि संगठित हुनुपर्ने जिकिर गर्नुभयो । थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनलाई सम्बोधन गर्दै थाकस जिल्ला अध्यक्ष थारुले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘अन्य जातिभन्दा थारुहरुको बेग्लै पहिचान छ, यसलाई बचाउन थारु जाति एकजुट हुनुपर्छ ।’ २१औं सताब्दीमा पनि थारु समुदाय उच्च शिक्षामा निकै पछाडि परेकाले शैक्षिक सुधार गर्न आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले थारुहरुको हकहितका लागि आफू सधैं साथमा रहने विश्वास दिलाउनुभयो । नव निर्वाचित पदाधिकारीहरुको सफल कार्यकार्यको शुभकामना दिंदै उहाँले भन्नुभयो –“थारु जातिको परम्परागत भेषभुषा, भाषा, कला, संस्कृति जगेर्ना गर्न नयाँ समिति अग्रसर हुनुपर्छ ।”

थारुहरुको जातीय पहिचानका लागि नगरपालिकाबाट हुनसक्ने सहयोग पु¥याउने उहाँले आश्वासन दिनुभयो । यस्तै कार्यक्रममा शिवराज नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला सल्लाहकार सदस्य झगरु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

थारु कल्याणकारिणी सभा शिवराज इकाई समितिको सम्पन्न अधिवेशनले जगतदेव थारु अध्यक्ष रहेको ११ सदस्यीय नयाँ नेतृत्व चयन छ । इकाई समितिको उपाध्यक्षमा शिवकुमारी थारु, सचिवमा सुमन थारु, सहसचिवमा इन्द्र बहादुर थारु र कोषाध्यक्षमा अन्जु थारु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा राधेश्याम थारु, गौतम थारु, भग्गन थारु, सरिता थारु, बबिता थारु र राजेश थारु चयन हुनुभएको निर्वाचन कमिटीले जनाएको छ ।

कार्यक्रममा नवनिर्वाचित थाकस शिवराज इकाई समिति अध्यक्ष जगतदेव थारुले थारुहरुको जातीय पहिचान बचाउन सबैसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्