पुल नहुँदा नगरपालिकाको केन्द्र जानै समस्या



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको पुर्चौडी नगरपालिका स्थानिय बासिन्दालाई बागागाड खोलामा पुल नहुदा समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमीराज, कोटिला लगायत ठाउँका स्थानीयहरुलाई समस्या हुने गरेको हो ।

दैनिक उपभोग्य सामान किन्नको लागी समेत बसन्तपुर बजार जानुपर्ने हुँदा बागागाड खोलामा पुल नहुँदा समस्या भएको हो । पुर्चौंडीको मुख्य बजार हाट बसन्तपुर नजिक पुल नहुँदा बर्षातमा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको पुरचौंडी नगरपालिका १ का बीरबहादुर गडालले बताए । उनले भनले “पुल भएको ठाउँमा समेत पहिरोले जान नसकिने अवस्था भएपछि अहिले नगरपालिका तथा वसन्तपुर बजार पुग्नेहरु खडीखेत पुल हुँदै आउनुपरेको छ ।”

हाट बसन्तपुर बजार नजिक पुल नहुदा आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा बागागाड खोला तर्नुपर्ने बाध्यता रहेको पुर्चौडी ७ कोटिलाका जय वहादुर विष्टले बताए । स्थानिय बजार हाट, बसन्तपुर आवतजावत गर्न समेत जोखिमपुर्ण रुपमा खोला तर्नुपर्छ । उनले भने“बर्षातको समयमा त कतिबेला खोलाले बगाउछ भन्ने डर हुन्छ ।”

दैनिक उपभोग्य सामान नुन तेल किन्न समेत हाट, बसनतपुर बजार पुग्नुपर्ने भएकोले बजार नजिकै पुल नहुदा जोखिम रहेको पुर्चौडी ७ कोटिलाका अर्जुन जोशीले बताउनुभयो । यसका साथै पुर्चौडी नगरपालिकाको केन्द्रमा पुग्न पनि बागागाड खोला भएकोले बजार नजिकै पुल नहुदा जोखिमपुर्ण रुपमा खोला तर्नुपर्ने बाध्यता रहेको छ ।

बागागाड खोलामा पुल नहुँदा वर्षातमा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न समस्या हुने गरेको छ। क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने भए पनि स साना बालबालिकालाई भने निकै समस्या हुने गरेको पुरचौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताए ।

बागागाड खोलामा पुल नहुँदा बर्षातको समयमा धेरै समस्या भएको पुरचौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । पुल निर्माणका लागि त्रिवेणीधाम नजिक सर्वे गरेको भएपनि प्राविधिक दृष्टिकोणले पुल निर्माण गर्न नसकिने प्राविधिकहरुले बताएको छ वडा अध्यक्ष गडालले भने “ झोलुंगु पुल निर्माणका लागि समस्या भएपनि आरसीसी पिलर भएको पुल निर्माणका लागि पहल गर्न नगरपालिका मार्फत आग्रह गरिरहेका छौं ।”

बागागाड नदीको ५ सय मिटरमाथि झोलुंगे पुल भए पनि पहिरोका कारण झोलुंगे पुलसम्म पुग्ने बाटोसमेत अवरुद्ध भएको छ ।

बसन्तपुर बजार पुर्चौडी क्षेत्रको मुख्य बजार हो । पुर्चौडी क्षेत्रका साविकका १० गाविस दैनिक उपभोग्य समान किन्न समेत बसन्तपुर बजार जाने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्