साथीको जन्मदिनलाई टपलेस



चर्चित ब्रिटिस अभिनेतृ तथा गायिका रिटा ओरा एकपटक पुनः चर्चामा छिन्। यसपटक चर्चाका कारण भने उनी आफैंले इन्स्टाग्राम अकाउन्टमा शेयर गरेको उनकै टपलेस तस्वीर हो।


उनले आफ्नो साथीको जन्मदिनमा शुभकामना दिने बहानामा अश्लील फोटो इनस्टाग्राममा हालेर सनसनी मच्चाएकी हुन्। ‘मलाई थाहा छ कि यो फोटो कसैलाई देखाउन लायक त छैन, तर केही फरक पर्दैन।

किनकि आज तिम्रो जन्मदिन हो’, उनले तस्वीरसँगै लेखेकी छिन्– ‘मेरो प्रिय साथीलाई जन्मदिनको शुभकामना।

हामी एक–अर्काको बच्चैदेखिका साथी हौं र हामीसँगै बढेका हौं।’ उनले जुन साथीलाई बधाई दिएकी हुन्, उक्त तस्वीरमा ती साथी पनि छिन्।

तस्वीरमा रिटाले फुलको इमोजीले आफ्नो खुला एक छाती ढाकेकी छिन् भने उनकी साथीले हातको मद्दतले अर्को छाती छोपिदिएकी छिन्।

यो फोटो शेयर गरेका कारण उनले धेरैको आलोचना खेप्नुपरेको छ।

 

प्रतिक्रिया दिनुहोस्