सोनाली क्यान्सरसँग जुद्धै



शाहरूख खान, सलमान खान जस्ता स्टारहरूसँग केही हिट फिल्म दिएकी बलिउड अभिनेतृ सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ।

हाल न्युयोर्कमा उपचारका लागि पुगेकी उनले आफ्नो ट्विटरमा एक पोस्ट गर्दै आफूलाई क्यान्सर भएको पत्ता लागेको जानकारी दिएकी छिन्। ‘हालै मैले शरीरको जाँच गराएपछि मलाई हाइग्रेड क्यान्सर भएको थाहा पाएँ। मैले यस्तो कहिल्यै सोचेको थिइनँ। लगातार हुने दुःखाइपछि जचाउँदा यस्तो अचम्म पार्ने रिपोर्ट आयो।’ –उनले लेखेकी छन्।

उनको यस स्ट्याटस बाहिरिएपछि बलिउडमा खलबली मच्चिएको छ। उनका फ्यानदेखि बलिउड कलाकारसम्मले उनको स्वास्थ्यलाभको कामना गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

केही समयअघि जीटीभीबाट प्रसारण हुने बच्चाको प्रतिभासम्बन्धी कार्यक्रम इन्डियाज बेस्ट ड्रामेबाजमा निर्णायक रहेकी उनले उक्त कार्यक्रमको एक एपिसोड प्रसारण भएपछि अचानक निजी कारण देखाउँदै कार्यक्रम छोडेकी थिइन्।

केही समयअघि अभिनेता इफरान खानले पनि आफूलाई क्यान्सर भएको थाहा पाएका थिए। न्युरोएन्ड्रोक्राइन क्यान्सरबाट पीडित उनी हाल लन्डनमा उपचार गराइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्