बूढीगण्डकीका लागि साढे २२ अर्ब संकलन



नेपाल समाचारपत्र, काठमाडौं
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट हालसम्म २१ अर्ब ४२ करोड रुपिया“ संकलन भएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट निर्माण गर्न सरकारले इन्धन आयातमा ५ रुपिया“ प्रतिलिटरको पूर्वाधार र कार्बन कर लगाउ“दै आएको छ ।

नेपालमा इन्धन खपतको बिगत १० वर्षको तथ्यांक अनुसार प्रत्येक वर्ष १५ देखि २० प्रतिशत वृद्धि भएको देखिन्छ । सोही आधारमा आगामी १० वर्षमा इन्धनको खपतको वृद्धि दर १० प्रतिशत प्रतिवर्ष मात्र हुने प्रक्षेपण गर्ने हो भने पनि करिब १ खर्ब ६४ अर्ब रुपिया“ पूर्वाधार कर बापतको रकम जम्मा हुने देखिन्छ ।

बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्ने तथा इन्धनमा लगाइने र कार्बन करसमेतलाई स्वदेशी स्रँेत सम्भाव्यताको प्रमुख आधार मानिएको छ ।

सरकारले आव २०७२/७३ देखि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपिया“मा पूर्वाधार कर लगाउने निर्णय गरेको थियो । सरकारले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी आयल निगमले आयात गर्ने पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सार विन्दूमै कर लगाउने घोषणा गरेको भए पनि निमगले त्यो कर उपभोक्तास“गै असुल्दै आएको छ ।

यसअघि सरकारले पेटोलियम पदार्थमा भन्सार शूल्क, प्रज्ञापन पत्र शूल्क, सडक मर्मत संभार शूल्क, प्रदुषण शूल्क मूल्य अभिवृद्धि कर लि“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्