२२ प्रतिशत रोपाई सकियो



काठमाडौं, (नेस)
१८ गतेसम्ममा मुलुकभर २२ दशलमव ७ प्रतिशतमात्र रोपाई सम्पन्न भएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार उच्च पहाडी जिल्लामा ३८ दशलमव २१ प्रतिशत, मध्य पहाडी जिल्लामा २९ दशमलव शून्य ९ प्रतिशत र तराईका जिल्लामा १८ दशमलव ६५ प्रतिशतमात्र रोपाई सम्पन्न भएको छ ।

निर्देशनालयका अनुसार मुलुकभर करिब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुने गरेको छ । पर्याप्त सिंचाइको असुविधाका कारण अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा धान खेती हुने गरेको छ ।

पूर्वान्चल विकास क्षेत्रमा १६ दशमलव १९ पतिशत रोपाई सम्पन्न भएको छ भने मध्यमान्चल विकास क्षेत्रमा ११ दशलमव ६६ पतिशत रोपाई सम्पनन भएको छ । त्यसैगरी, पश्चिमान्चलमा २४ दशमलव ८४ प्रतिशत, मध्य पश्चिमान्चलमा २९ दशमलव ७२ प्रतिशत र सुदूरपश्चिमान्चल विकास क्षेत्रमा ५० दशलमव २१ प्रतिशत रोपाई सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्