प्रियंका बिहे छिन्दै?



बलिउड नायिका प्रियंका चोपडाले अब एक महिनाभित्रै हलिउड गायक निक जोनससँग विवाहको कुरा छिन्ने
भएकी छिन्।

बलिउड ग्ल्यामर म्यागेजिन फिल्म फेयरमा प्रकाशित समाचारलाई पत्याउने हो भने निकसँगको सम्बन्धलाई उनले औपचारिकता दिन लागेकी छुन्। समाचारमा प्रियंकाको नजिक स्रोतलाई उद्धृत गर्दै भनिएको छ– ‘जुलाइको अन्त्यसम्म वा अगस्टको शुरूतिर प्रियंकाले निकसँग इंगेजमेन्ट गर्नेछिन्। उनी आफ्नो विवाहको कुरा अगाडि बढाउनका लागि निकलाई आफ्नो आफन्तजनसँग भेटाउन घरमा लगेकी हुन्।’

केही दिनअघि हलिउड सिरिज क्वाटीकोको सुटिङ पूरा गरी मुम्बई पुगेकी प्रियंकाले आफ्नो फ्ल्याटमा एक फ्यामली पार्टी आयोजना गरेकी थिइन्, जहाँ उनले निकलाई आफ्ना साथीभाइसँग चिनाएकी थिइन्। पछिल्लो समय गोवामा निकका साथ छुट्टी मनाउन गएकी उनका साथ भाइ सिद्धार्थ कपुर र परिणिती चोपडा पनि थिए।

हालै मात्र पनि प्रियंका भारता प्रख्यात उद्योगपति मुकेश अम्बानीका छोरा आकाश अम्बानीको प्रिइंगेजमेन्ट पार्टीमा सहभागी थिइन्। जहाँ उनको साथमा निक पनि देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्