माइकल ज्याक्सनका पिताको निधन



पप सम्राट स्व. माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ।

एजेन्सिका अनुसार ८९ वर्षीय उनको अमेरिकाको लस भेगाससस्थित एक अस्पतालमा बुधबार निधन भएको हो। उनी क्यान्सरसहित अन्य रोगबाट पीडित थिए। एकपटक उनलाई हृदयघात पनि भएको थियो। क्यान्सरको अन्तिम चरणसँग जुधिरहेका उनलाई अस्पताल भर्ना गरिएको थियो। जोलाई भेट्न उनको पत्नी क्याथरिनसहित पारिवारिक सदस्य यसै साता अस्पताल पुगेका थिए। केही वर्षदेखि उनको पारिवारिक सदस्यका साथ राम्रो सम्बन्ध थिएन। माइकल ज्याक्सनसँग पनि उनको सम्बन्ध राम्रो थिएन।

उक्त अस्पतालमा साधारणतया अन्तिम अवस्थामा पुगेका बिरामीहरूलाई भर्ना गरिन्छ। उनको निधनको पुष्टि माइकल ज्याक्सनको समूहले गरेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्