आइफा अवार्डमा स्टार धमाका



बलिउडका विभिन्न चर्चित अवार्डमध्येको एक अवार्ड समारोह आइफा अवार्डको १९आंै संस्करण १० वर्षपछि हालै थाइल्यान्डको राजधानी बैंककमा गरिएको छ।
३ दिनसम्म चलेको अवार्ड समारोहमा बलिउडका केही स्टारले उत्कृष्ट प्रस्तुति दिएर त्यसको रौनक बढाए। बलिउडकी सदाबहार नायिका रेखाले २० वर्षपछि आइफाको स्टेज चढ्दै आफ्नो फिल्म बरसातको गीतमा दमदार नृत्य प्रस्तुत गर्दा उनी समारोहकै प्रमुख आकर्षण बनेकी थिइन्।

समारोहमा यस पटकको उत्कृष्ट अभिनेतृको अवार्ड अभिनेतृ स्व. श्रीदेवीले जितिन्। फिल्म ममबाट उनले पाएको उक्त अवार्ड पति बोनी कपुरले रिसिभ गरेका थिए। अवार्ड लिँदै गर्दा निकै भावुक भएका उनको आँखामा आँसु देखिएको थियो भने उनलाई सम्हाल्न छोरा अर्जुन कपुर स्टेजमा पुगेका थिए। त्यस्तै फिल्म तुम्हारी सुलुले उत्कृष्ट फिल्म, इरफान खानले फिल्म हिन्दी मिडियमबाट नायक तथा यसै फिल्मबाट साकेत चौधरीले उत्कृष्ट निर्देशकको अवार्ड चुमे। अमित बी मसुसरकरले फिल्म न्युटनबाट उत्कृष्ट कथाको अवार्ड चुमे।

समारोहमा नायक अर्जुन कपुरले नायिका कृति सेननका साथ आकर्षक नृत्य प्रस्तुत गरेका थिए। नायक रणवीर कपुर रकस्टारको रूपमा प्रस्तुत भएका थिए। त्यसै गरी श्रद्धा कपुर र मौनी रायलगायतका कलाकारले लगातार आ–आफ्ना दमदार प्रस्तुति दिएका थिए। समारोहमा स्व. अभिनेतृ श्रीदेवी, अभिनेताद्वय विनोद खन्ना तथा शशी कपुरलाई श्रद्धाञ्जली दिइएको थियो।

ज्ञज्ञज्ञज्ञज्ञज्ञ
किरण लमजुङ डान्स च्याम्प
लमजुङ, (नेस)। बेसींशहरमा सम्पन्न लमजुङ डान्स च्याम्प सिजन टुमा किरण दियाली विजयी भएका छन्। लमजुङ डान्स च्याम्प सिजन वानमा दोस्रो चरणबाट बाहिरिएका किरण सिजन टुको बिजेता भएका हुन्। उपाधिसँगै किरणले नगद ४० हजार रुपियाँ, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर पाएका छन्।

७ जना फाइनलिस्टबीच भएको प्रतिस्पर्धामा बेसींशहरकी रोशनी गुरुङ फस्ट रनर्सअप र भोटेओडारकी सुजिना लामा सेकेन्ड रनर्सअप भए। पुरस्कारबापत रोशनीले २५ र सुजिनाले १५ हजार रुपियाँ पाएका छन्। प्रतियोगितामा आयुषा गुरुङ सान्त्वना, अनुष्का गुरुङ पाँचौ, भूमिका गुरुङ छैठौं र रिमा गुरुङ सातौं स्थानका विजेता भए।

प्रतिक्रिया दिनुहोस्