निकलाई लिएर घर पुगिन् प्रियंका



बलिउड नायिका प्रियंका चोपडाको लामो समयदेखि हलिउड गायक निक जोन्ससँगको सम्बन्ध बलिउड तथा हलिउडमै चर्चाको विषय बनेको छ।

कहिले आफ्ना साथी र कहिले डिनर डेटमा गएका कारण चर्चामा रहेको उनीहरूको सम्बन्ध अहिले अर्को कारणले फेरि चर्चामा छ। पछिल्लो समय प्रियंका निकको आफन्तको विवाहमा सहभागी भएका कारण अब उनीहरूबीच पारिवारिक सम्बन्ध पनि स्थापित हुँदैछ भन्ने आकलन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

खबरअनुसार प्रियंकाले पनि सम्बन्धका लागि कदम अगाडि बढाएकी छिन्। हालै प्रियंकाले निकलाई मुम्बईस्थित आफ्नो घरमै पुर्याएकी छिन्। त्यसपश्चात् डिनर डेटमा निस्किएका उनीहरू कारबाट ओर्लिएर हात समाउँदै रेस्टुरेन्टतर्फ बढेका थिए भने साथमा आमा मधु चोपडा र भाइ सिद्धार्थ चोपडा पनि देखिएको समाचारमा चर्चा गरिएको छ।

विमानबाट ओर्लंदा मिडियाबाट बच्ने कोसिस गरेका उनीहरू रेस्टुरेन्टबाट घर पुगेपछि प्रियंका र निकले घरको बालकोनीमा वर्षाको मज्जा लिइरहेका देखिन्थे। यसैबीच निकले एक भिडियो खिचेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि राखेका छन्। खबरअनुसार प्रियंकाले निकलाई आफ्नी आमा, भाइ र केही आफन्तलाई भेट गराउनका लागि घर पुर्याएकी हुन्। उनीहरूले आधिकारीकरूपमा भने केही भनेका छैनन्।

प्रतिक्रिया दिनुहोस्