नाटकमा झिमिक झिमिक झ्याप्प



थिएटर भिलेज र थेम्स इन्टरनेसनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नयाँ नाटक झिमिक झिमिक झ्याप्प मन्चन शुरू भएको छ।

नियमित मञ्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ब्ल्याक कमेडीमा आधारित भई नेपालीकरण गरिएको छ। दिलिप रानाभाटको निर्देशनमा तयार भएको नाटक असार ३ सम्म नियमित मञ्चन हुने जनाइएको छ।

समाजमा आधुनिकताको खास्टो ओढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसका कारण सम्बन्ध कसरी भत्किरहेका छन् भन्ने विषयमा नाटक केन्द्रित छ। मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनीतिको कस्तो भूमिका छ भन्ने कुरालाई नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ।
आयुष्ना गिरी, एचके अधिकारी, प्रशंसा पौडेल, आयुष्मान प्याकुरेल, प्रस्तुती भट्टराई, श्रवणकुमार राना र विपिन रिमालको अभिनय रहेको नाटक दिलिप रानाभाट र आलोक लम्सालले नेपालीमा अनुवाद गरेका छन्।

प्रतिक्रिया दिनुहोस्