रणवीरसँग बिहेको निर्णय गर्न डराइन् दीपिका !



लामो समयदेखि प्रेममा रहेका बलिउड नायक नायिका रणवीर सिंह र दीपिका पादुकोण सेप्टेम्बरमा विवाह गर्दै छन् भन्ने समाचार पछिल्लो समय भारतीय मिडियामा भाइरल भएको थियो।

तर हाल भने उनीहरूको विवाह पक्का भइनसकेको अर्को समाचार आएको छ। समाचारअनुसार उनीहरूको हालसालै विवाह हुने कुनै छाँटकाँट देखिएको छैन। रणवीर सिंह दीपिकासँग पूरै समर्पित छन् र छिट्टै विवाह गर्न आतुर छन्। तर दीपिका भने यस्तो निर्णय गर्न डराइरहेकी छिन्।

उनको नजिकको एक साथीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनी पूर्वप्रेमी रणवीर कपुरसँग विवाह गर्न चाहन्थिन्। यसको लागि आफ्नो करिअरसँग पनि सम्झौता गर्न तयार थिइन्। तर उनीहरूको सम्बन्ध धेरै समय टिक्न सकेन। यसपछि रणवीर त यसबाट छिट्टै बाहिर आए र अर्की नायिका आलिया भट्टसँग प्रेममा परे। लामो समयसम्म उनलाई भुल्न नसक्दा अहिले पनि उनी दीपिकाको मनमा राज गरिरहेका छन्।

हाल दीपिका रणवीर सिंहसँग प्रेम सम्बन्धमा रहे पनि पूर्वप्रेमी रणवीर कपुर फेरि आफ्नो जीवनमा आउन सक्ने आशाले विवाहलाई टारिरहेकी हुन सक्ने उनका फ्यानले अड्कल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्