सेलो महोत्सव हुँदै



गायन, नृत्य, लोकनाटक र संस्कृतिका अनेक रंगमञ्चीय आयाम लुकेको तामाङ समुदायको सांस्कृतिक पहिचान सेलोको तिनै आयाम उजागर गर्ने ध्येयका साथ राजधानीमा तामाङ सेलो नाट्य महोत्सव हुने भएको छ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले आगामी असार २ गतेदेखि ३ दिने महोत्सव गर्न लागेको हो। महोत्सवका लागि ५ नाटक छानिएको प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुस्कर गुरुङले जनाए।
महोत्सवका लागि भाषाविद् अमृत योञ्जन तामाङको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक स्यालगार, फूलमान बलको लेखन र सोनाम तामाङको निर्देशन रहेको सोनाम ग्याल्मो, वसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक ङाला फ्रेङबा धोङला टाङ, रोशन फ्युबाले संयोजन गरेको लोकनाटक लालिमोङ र मारनेन वाइवाले संयोजन गरेको लोकनाटक ताचेमा छानिएका छन्।

प्रतिक्रिया दिनुहोस्