राजनितीमा आएपछि रजनीकान्तको पहिलो काला



भारतीय फिल्म स्टार रजनीकान्तको पछिल्लो फिल्म कालालाई फेसबुकमा लाइभ प्रसारण गर्ने व्यक्तिलाई गिरफ्तार गरिएको छ।बीबीसीको अनलाइन सेवाले जनाएअनुसार बिहीबार भारतमा रिलिजमा आउनुअघि नै काला बुधबार राति सिंगापुरबाट फेसबुकमार्पmत् लाइभ प्रसारण भएको थियो। फिल्मको लाइभ स्ट्रीमिङ आधा भएको थियो। त्यसको जानकारी पाएपछि यसको प्रोडक्सन टिम एक्सनमा आएको थियो।

राजनीतिमा आएपछि रजनीकान्तको यो पहिलो फिल्म हो। उनका फ्यानहरू यो फिल्मको प्रतिक्षामा रहका थिए। फिल्म रिलिजअघि नै रजनीकान्तका फ्यानले केक काटेर खुसी व्यक्त गररेका थिए। फ्यानले रजनीकान्तले जस्तै कालो सर्ट र लुंगी पहिरिएका थिए। फिल्मको रिलिजलाई लक्षित गर्दै कतिपय आईटी कम्पनीले विदाको घोषणा गरेका थिए।

तर रजनीकान्तको एक भनाइलाई लिएर कर्नाटकमा उनको फिल्म रिलिजको विरोध गरिएको थियो। बुधबार रजनीकान्तले पत्रकारसँग कुरा गर्दै फिल्म रिलिजका लागि अनुमति दिन अनुरोध गरेका थिए। उनले कर्नाटकमा जारी कांवेरी जल विवादका बारेमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्