बोल्ड कंगनालाई साडी लगाउन सुझाव



आफ्नो बोल्ड लुक्स तथा अभिव्यक्तिका कारण सधैं चर्चामा रहने बलिउड नायिका कंगना रनावत आफ्नो भनाइकै कारण एकपटक चर्चामा छिन्।

उनले एक बलिउड फेसन म्यागेजिनलाई दिएको अन्तर्वार्तामा भारतीय भएर साडी लाउन नआउनु लाजमर्दो कुरा भएको बताएकी छिन्। उनले भनेकी छिन्– ‘भारतीय महिलालाई साडी कसरी लाउने भन्ने कुरा थाहा हुनुपर्छ। यहाँ यस्ता मानिस पनि छन्, जो आफ्नो संस्कृति तथा परम्पराको नाममा अरूलाई नै लाजमर्दो महसुस गराइदिन्छन्। साडी लाएर पनि हामी आफ्नो अलग व्यक्तित्व कायम राख्न सक्छौं।’


उनको यो भनाइ बाहिरिएपछि सामाजिक सञ्जालमा बहस चलिरहेको छ। कंगनाले पछिल्लो समय कान्समा साडी लगाएकी थिइन् भने अर्कोतर्फ बोल्ड वेस्टर्न कपडा लगाएर सबैको ध्यान आकर्षित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्