मनीषालाई मिसेस युनिभर्समा भिड्ने अवसर



ई–प्लानेट प्रालिले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मनीषा डंगोल श्रेष्ठलाई मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि प्रदान गरेको छ। मनीषाले मिसेस नेपाल युनिभर्स–२०१८ को उपाधि पाएबापत फिलिपिन्सको मनिलामा आगामी डिसेम्बरमा हुने विवाहित महिलाको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस युनिभर्स–२०१८ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर पाउनेछिन्।
आफूलाई फिलान्थ्रोपिस्ट भन्न रुचाउने मनीषा दुई सन्तानकी आमा हुन्। मिस अस्कोल १९९७ का रूपमा पनि परिचय बनाएकी उनी लन्डनमा बस्दै आएकी छिन्। लन्डनमै लन्डन फेसन हाउस सञ्चालन गर्र्दै आएकी उनले वेस्ट लन्डन कलेज तथा सिटी अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी छिन्।

मिसेस युनिभर्स–२०१८ आगामी डिसेम्बर ३ देखि १० तारिखसम्म फिलिपिन्समा हुँदैछ। कार्यक्रममा पूर्वमिसेस नेपाल दीपा शाही राणा तथा लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनीषालाई मिसेस नेपाल युनिभर्स–२०१८ को ताज पहि¥याइदिएकी थिइन्। मिसेस युनिभर्स–२०१८ मा सहभागी हुन जानुपूर्व मनीषाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी अभिमुखीकरण र प्रशिक्षण प्राप्त गर्ने इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए।

मिसेस युनिभर्समा यसअघि ई–प्लानेट प्रालिकै संयोजन र व्यवस्थापनमा मिना घिमिरेले मिसेस युनिभर्स–२०१३ मा सहभागिता जनाउँदै मिसेस कन्जिन्यालिटी अवार्ड जितेकी थिइन्। यसै गरी २०१४ को मिसेस युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। जसमा रजनीले ब्युटीफुल लेडीको अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्