जापानमा पहिलोपटक नेपाली अवार्ड हुने

0
Shares

राजबिन थापा, जापान

जापानमा पहिलोपटक नेपाली सेलेबे्रटीका लागि अवार्ड कार्यक्रम हुने भएको छ। सूर्य कर्पोरेसन कम्पनी जापानले टोकियोमा आगामी सेप्टेम्बर १६ मा सूर्य इन्टरनेसल अवार्ड आयोजना गर्न लागेको हो।

अवार्ड समारोहमा डान्स, कमेडी, संगीत र अभिनय विधाका कलाकारलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन्। विश्वकै सबैभन्दा व्यस्त र महँगो शहरमध्येको एक टोकियोमा अहिलेसम्मकै ठूलो सांस्कृतिक कार्यक्रमका बीच अवार्ड प्रदान गरिने आयोजकले बताए। कार्यक्रममा नेपालबाट नयाँ र पुराना ख्यातीप्राप्त कलाकारएकै स्टेजमा देखिनेछन्।

समारोहमा नेपाली फिल्म र संगीत दुवै विधामा नोमिनेसन छनोट गरी अवार्ड प्रदान गरिने आयोजकले बताएका छन्। यसका लागि फिल्म र संगीत गरी कुल १२ विधामा ५÷५ नोमिनेसन रहने व्यवस्था गरिएको छ।