मिसेस नेवाः हुने



विवाहित नेवार समुदायका महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेवाः आगामी भदौ १ गते हुने भएको छ।

काठमाडौं टिफ अफ म्यानेजमेन्ट (केटीएम) ले समुदायको सशक्तीकरण भन्ने नाराका साथ सो प्रतियोगिता गर्न लागिएको पत्रकार भेटघाटमा जानकारी दिइयो। प्रतियोगितामार्फत एकल महिलासँगै अन्य महिलालाई व्यक्तित्व विकासको तालिम प्रदान गरिने कम्पनीका निर्देशक सुजन बज्रचार्यले जानकारी दिए। प्रतियोगितामा नेवार समुदायमा भित्रिएका गैरनेवाः समुदायका बुहारीले पनि भाग लिन सकिने बताइएको छ।

प्रथम मिसेस नेवाः २०१७ का विजेता रेजिना शाक्य र फस्ट रनर्सअप सरिता नेम्कुल प्रधानले गत वर्षको प्रतियोगितामा भाग लिएर आफूहरूको नयाँ परिचय बनेको बताए।

प्रतिक्रिया दिनुहोस्