प्रियंकालाई अर्को उपाधि



बलिउड सुन्दरी प्रियंका चोपडाले अर्को उपाधि हासिल गरेकी छिन्।
अमेरिकाको मिडिया टेक कम्पनी स्कोर टे«र्डस इन्डियाको एक सर्वेक्षणअनुसार फेसबुकमा बढी खोजिएको र चर्चामा रहने उनी परेकी मस्ट इन्गेजिङ फिमेल सेलिब्रेटिज इन फेसबुक बनेकी छिन्। स्कोर टे«र्डस इन्डियाका अनुसार उनले १ सय अंक प्राप्त गर्दै यो स्थान बनाएकी हुन्। ग्लोबल सुपरस्टार प्रियंका यतिबेला बलिउडमात्र नभएर हलिउडमा पनि चिनिने अभिनेतृमा पर्छिन्।

प्रियंकापछि दीपिका पादुकोण ९६ अंकका साथ दोस्रो स्थानमा छिन्। त्यस्तै यस लिस्टको तेस्रो नम्बरमा बलिउडकी धकधक गर्ल माधुरी दीक्षित ६२ नम्बरका साथ तेस्रो स्थानमा छिन् भने सनी लियोन चौथो र कट्रिना कैफ पाँचौ स्थान हासिल गर्दै मोस्ट इन्गेजिङ वुमन सेलीबे्रटी बनेका छन्।

प्रतिक्रिया दिनुहोस्