प्रज्ञा प्रतिष्ठान र संस्थान गाभ्ने निर्णयको विरोध



जनसांस्कृतिक महासंघ नेपालले विभिन्न प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानलाई गाभी एउटै बनाउने घोषणाको विरोध गरेको छ।

गत मंगलबार नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट भाषणमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य सांस्कृतिक प्रतिष्ठान एकआपसमा गाभी एउटै बनाउने घोषणा सम्पूर्ण संस्कृति क्षेत्रको हितविपरीत रहेको छ। यो घोषणा संस्कृतिकर्मीको विगत लामो समयदेखिको माग, जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को मर्मविपरीत रहेको छ।

महासंघका अध्यक्ष सरल सहयात्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यो निर्णय, संघीयता, गणतन्त्र, समाजवाद र नेपाली सांस्कृतिक क्षेत्रको विकास र समृद्धिको बाधकका रुपमा आएको छ। नेपाली कला, साहित्य, नाटक, संगीत तथा संस्कृतिको क्षेत्रका स्रष्टाको भावनामा ठेस पुग्ने गरी सरकारले ल्याएको यो निर्णयप्रति घोर आपत्ति जनाउँदै अबिलम्ब निर्णय सच्याउनका लागि हार्दिक आ≈वान गर्दछौं।’

सरकारको यो घोषणाको नेपाल सांस्कृतिक संघले पनि विरोध गरेको छ। सांस्कृतिक निकायलाई एकै ठाउँ गाभ्ने घोषणा गरेर सांस्कृतिक मूल्य र मान्यतामाथि प्रहार गरेको छ। संघका अध्यक्ष तीर्थ थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारले २०६२÷०६३ बाट प्राप्त सांस्कृतिक उपब्धिमूलक गरेको यो निरंकुश प्रहारप्रति संघ घोर भत्र्सना गर्दछ।’

प्रतिक्रिया दिनुहोस्