मनिषालाई ब्रेक दिने बलिउड हस्ती काठमाडौंमा



राजधानीको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल विस्ली उड इन्टरनेसनलको संयुक्त आयोजनामा हुन लागेको चलचित्र सम्बन्धि सेमिनारका लागि बलिउड हस्ती सुभास घई, लेखक अन्जुम राजाबली र निर्देशक घइको टिम शनिबार नेपाल आइपुगेका छन्।

बलिउड हस्ती घइले बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालालाई सन् १९९१ मा हिन्दुस्तानी फिल्म सौदागरबाट बलिउडमा डेब्यु गराएका थिए। सो पश्चात मनिषाले लामो समयसम्म पछाडि पर्केर हेर्नुपरेको थिएन। कार्यशालामा घई र उनले टिम मिडिया नलेज, स्कृप्ट राइटिङ, मोबाइल फिल्म मेकिङ तथा फेसन डिजाइनमा केन्द्रित हुने बताइएको छ। यही वर्कसपका लागि मुम्बईबाट निर्देशक घईसँगै अन्य विधाका विज्ञहरू स्कृप्ट राइटर अन्जुम राजाबली, फेसन डिजाइनर निशा चन्दा, फिल्म मेकर रविया नाज्की तथा मुक्ता आर्टस्का मेनेजिङ डाइरेक्टर राहुल पुरी सहभागी हुनेछन्।

आज आइतबार राजधानीको होटल अन्नपूर्णमा हुने वर्कसपले नेपाली फिल्म, फेसन र मिडियालाई अझ बढी बिस्तारित बनाउने कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्