करिना आमा भए पनि छोटो कपडाको पक्षमा



बलिउड नायिका करिना कपुरले आमा बनेपछि छोटो कपडा लगाउन नहुने भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएकी छिन्।

‘म आमा हुनुको मतलब यो होइन कि अब छोटो कपडा पहिरिन सक्दिनँ। यदि तपाईंलाई आफ्नो शरीर देखाउने कन्फिडेन्स् छ भने जरूर पहिरिनुस्’, करिनाले भारतीय सञ्चार माध्यमसँग भनेकी छिन्– ‘जब म प्रेग्नेन्ट थिएँ, यसो गर्नुपर्छ, उसो गर्नुहुन्न भन्ने धेरै कुरा सुनें। तर महिलालाई उसको जिन्दगीको तमाम आयामबाट गुज्रिन दिनुपर्छ।’ करिनाले भनेकी छिन्– ‘हर मानिसले त्यस्तो कपडा लगाउनुपर्छ, जसले उसलाई सुहाउँछ। मेरी आमा बबिता मोर्डन कपडा लगाउँछिन्। जिन्स टपमा खुब राम्री लाग्छिन्। के तपाईंले मेरो सासू शर्मिला टैगोरलाई देख्नुभएको छ? उनी पनि जिन्स सर्टमा शानदार लाग्छिन्। त्यति नै राम्री लाग्छिन्, जति सारीमा राम्री देखिन्छिन्।’

प्रतिक्रिया दिनुहोस्