सञ्जय दत्तले जेलमा आत्महत्या प्रयास गरेका थिए !



बलिउड अभिनेता सञ्जय दत्तले जेलजीवन बिताउने क्रममा आत्महत्याको प्रयास गरेका छन्। उनको जीवनीमा आधारित फिल्मको ट्रेलरले यसै भन्छ।

मुम्बई बम विस्फोटन काण्डमा लामो सयम जेलजीवन बिताएका सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जुको ट्रेलरमा उनले जेलमा आत्महत्याको प्रयास गरेको देखाइएको छ। ट्रेलरमा उनको निजी जीवनलाई लिएर तमाम खुलासाहरु समावेश गरिएको छ। केही रमाइला र केही विवादास्पद प्रसंगको पनि खुलासा भएको छ। फिल्म अभिनेनता रणवीर कपुर सञ्जय दत्तको विभिन्न अवतारमा देखिएका छन्।

एक दृश्यमा नायक रणवीर कपुर नग्न देखिएका छन्। सञ्जय जेल पर्दा प्रहरीले सोधपुछका क्रममा उनलाई पूरै कपडा उतार्न लगाएका थिए। सन् १९९३ मा मुुम्बईमा भएको सिलसिलाबद्ध बम विस्फोटनमा धेरै बलिउड हस्तीको नाम जोडिएको थियो। जसमा सञ्जयमाथिको अभियोग प्रमाणित भएपछि उनलाई जेल सजाय दिइएको थियो। उनीमाथि अन्डरवल्र्ड डन अबु सलेम र रियाज सिद्दिकीबाट अवैध बन्दुकको डेलिभरी लिएको, त्यसलाई राखेको र पछि नष्ट गरेको अभियोग लगाइएको थियो।

उनको घरमा भेटिएका हतियार बम जस्ता प्रमाणहरुको आधारमा उनलाई एक महिमापछि प्रहरीले पक्राउ गरेको थियो। जेल जानुअघि थानेदार, सडक, साजन र खलनायक जस्ता सुपरहिट फिल्म खेलेका उनलाई सन् १९९५ मा सर्वोच्च अदालतले धरौटीमा रिहा गरे पनि २ महिनापछि उनी फेरि पक्राउ परका थिए। यसरी पटक–पटक जेल परेका उनी केही समयअघि जेलबाट निस्किएर फिल्म क्षेत्रमा सक्रिय छन्।

फिल्ममा अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपुर, परेश रावल, मनीषा कोइराला, बमन इरानी र विक्की कौशलले समेत अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्